आज बेलुकाबाट माैसममा सुधार आउने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

आज(शनिबार) बेलुकादेखि माैसम क्रमिकरूपमा सुधार हुँदै जाने माैसमविद्ले बताएका छन् ।

आइतबार घाम लाग्ने सम्भावना रहेकाे माैसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

आज (शनिबार)दिउँसो देशका प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार ७:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया