म्यानचेस्टर युनाइटेड एफए कपकाे चाैथाे चरणबाटै बाहिरियाे

घरेलु टाेली म्यानचेस्टर युनाइटेड आज बिहान भएकाे खेलमा मिडल्सब्रगसँग पेनाल्टी सुटआउटमा ७-८ ले पराजित हुँदै एफए कपकाे चाैथाे चरणबाटै बाहिरिएकाे छ ।

ओल्ड ट्राफाेर्डमा निर्धारित ९० मिनेट र अतिरिक्त समय एक-एक काे बराबरीमा सकिएपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट लिइएकाे हाे ।

खेलकाे सुरूवाती अग्रता जाेगाउन नसक्दा युनाइटेड स्तब्ध बन्न पुग्याे । २५ औं मिनेटमा जाेडन साञ्चाेले गाेल गर्दै घरेलु टाेलीलाई अग्रता दिलाएका थिए।

६४ औं मिनेटमा म्याट क्रुक्सले गाेल गर्दै मिडल्सब्रगलाई एक-एककाे बराबरीमा ल्याए ।

पेनाल्टमा मिडल्सब्रग लागि मार्टिन पायरो, प्याडी म्याकनेयर,लि पेल्टियर, डेल फ्राई, डंकन वाटमोर, साेल बाम्बा, मार्कस ताभर्नियर र जाेनी हाेसनले गाेल गरे ।

युनाइटेडका लागि डिएगाे डालेट,स्कट म्याकटाेमिने, ब्रुनो फर्नान्डेस, क्रिस्टियानाे राेनाल्डाे, फ्रेड, ह्यारी मगाएर र जुआन माटाले गाेल गर्दा एन्थोनी एलंगा चुके ।





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार ९:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया