एन्ड्रयु म्याकडोनाल्ड अस्टेलियन पुरुष क्रिकेट टाेलीको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन् ।
क्रिकेट अस्ट्रेलियाले शनिबार एन्ड्रयुलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको जनाएको हाे ।
एन्ड्रयुको कार्यकाल श्रीलंकाविरुद्धको टि-२० सिरिजबाट सुरु हुने क्रिकेट अस्ट्रेलिया जनाएको छ ।
मुख्य प्रशिक्षक जस्टिन लान्गरले शनिबार नै पदबाट राजीनामा दिएपछि अस्ट्रेलियाले एन्ड्रयुलाई अन्तरिम प्रशिक्षक चयन गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।