नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले एमालेलाई समाप्त पार्ने विषाक्त विचार बोकेर गठबन्धन बनेको बताएका छन् ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसमा सम्बोधन गर्दै नेता पोखरेलले भने, 'संविधान, कानुन तथा मूल्यमान्यताहरू जहाँसुकै जाउन, यस आधारमा गठबन्धन बनेको छ । यसको केन्द्रीय उद्देश्य भनेको एमालेलाई कमजोर बनाउने, एमालेलाई समाप्त पार्ने । त्यस्तो एउटा विषाक्त विचार बोकेर गठबन्धन बनेको छ ।'
गठबन्धनले आर्थिक विकास समृद्धिका एजेन्डालाई मतलब नराखेको उनको आरोप छ । उनले गठबन्धन सरकारले सामाजिक सद्भाव राष्ट्रिय स्वाभिमान तथा स्वतन्त्रतासित गाँसिएका मुद्दाहरूलाई वास्ता नगरेको पनि बताए । देशको विकास गर्नुपर्छ भन्ने सपनाहरूलाई मूर्छित बनाउन काम गठबन्धन सरकारले गरेको उनले सुनाए ।
रणनीतिक महत्त्वका १४ सय बढी सडकहरूको निर्माण र साढे ३ सय बढी स्थानीय तहमा अस्पताल बनाउन केपी ओली सरकारले सुरु गरेको प्रक्रिया गठबन्धन सरकारले रोकेको उनको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।