बैतडीका अधिकांश क्षेत्रमा हिमपात, यात्रामा ननिस्कन प्रशासनको उर्दी

लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएपछि बैतडी जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ ।  बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो । 

अत्यधिक चिसो बढेकाले सकेसम्म बाहिर नहिन्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । हिमपातका कारण यातायात समेत अवरुद्ध भएकाले यस्तो अवस्थामा यात्रामा ननिस्कन आग्रह गरिएको हो ।  

शनिबारसम्म मौसममा सुधार नहुने र चिसोसमेत बढिरहेकाले वृद्धवृद्धा तथा बालबालिकाहरूलाई बढी समस्या हुन सक्ने भन्दै न्यानो लुगाका साथै तातो झोलिलो खाने कुरामा खुवाउन जोड दिन समेत अनुरोध गरिएको छ ।  

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले  चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो । वर्षासँगै हिमपात भएपछि किसानहरू खुशी भएका छन् । 

हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।  यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र  गत पुसमा पनि हिमपात भएको थियो । 
 





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १९:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया