ओमिक्रोनको सब-भेरियन्ट : लक्षण देखिए पनि रिपोर्ट किन नेगेटिभ आउँछ ?

ओमिक्रोनको सब-भेरियन्ट एबी.२ तीव्र गतिमा विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार १० हप्तामा मात्रै ५७ देशमा एबी.२ का संक्रमित देखिएका छन् ।

वैज्ञानिकले ओमिक्रोनको मूल स्ट्रेन एबी.१ भन्दा सब-भेरियन्ट एबी.२  ३३ प्रतिशतभन्दा बढी संक्रामक रहेको बताएका छन् । समस्या कुरा त के छ भने, हालको कोरोना परीक्षण पद्धतिबाट यसलाई सजिलै पत्ता लगाउन सक्दैन । लक्षण देखिए पनि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउने गरेको छ ।

विज्ञहरूका अनुसार स्टेल्थ ओमिक्रोन नाम दिइएको एबी.२ सब-भेरियन्ट बाँकी भेरियन्टभन्दा अलि फरक छ । यसमा यस्तो म्युटेसनको कमी छ, जुन शरीरमा कोरोना भाइरस संक्रमण भएको पत्ता लगाउन आवश्यक हुन्छ ।

युके हेल्थ सर्भिस एजेन्सी (यूकेएचएसए) को अनुसार एबी.२ स्ट्रेनलाई आरटी-पिसिआर परीक्षणबाट पत्ता लगाउन सकिँदैन । यो परीक्षणलाई गोल्ड स्ट्यान्डर्ड टेस्ट अर्थात् कोरोनाको लागि उत्कृष्ट परीक्षण मानिन्छ ।

सरल भाषामा भन्दा यदि तपाईंमा एबी.२ सब-भेरियन्टको संक्रमणका कारण लक्षण देखिए छन् र तपाईंले परीक्षण गर्नुभयो भने नतिजा नेगेटिभ आउन सक्छ । त्यस्ता केसहरूलाई 'फल्स नेगेटिभ' मानिन्छ । यस्तो अवस्थामा थप सचेत हुनुपर्ने चिकित्सकहरू बताउँछन् ।

अमेरिकी महामारी रोग विशेषज्ञ फहिम युनुसले ट्वीटमा यस प्रश्नको जवाफ दिएका छन् । उनका अनुसार ओमिक्रोनका हल्का लक्षणहरू जस्तै रुघाखोकी, ज्वरोलाई बेवास्ता गर्नुहँदैन । यस्तो भयो भने तुरुन्तै कोरोना परीक्षण गरानुपर्छ ।



रिपोर्ट नेगेटिभ आएमा २४ देखि ४८ घण्टापछि पुनः परीक्षण गराउनुपर्छ । पहिलो पटक र्‍यापिड एन्टिजेन टेस्ट गरिएमो भए दोस्रो पटक आरटी–पिसिआर टेस्ट गराउनुपर्छ ।

लक्षण देखिए पनि रिपोर्ट नेगेटिभ आएमा ५ देखि १० दिनसम्म आइसोलेसनमा बस्न बिरामीलाई फहिम युनुसले सल्लाह दिएका छन् । र्‍यापिड एन्टिजेन परीक्षणमा मात्र भर पर्ने गल्ती नगर्न पनि उनको सुझाव छ ।



युकेको जिओइ कोभिड स्टडी एपका अनुसार यसको लक्षण ओमिक्रोनको एबी.१ सब-भेरियन्टसँग मिल्दोजुल्दो हुन् । जसमा नाकबाट पानी बग्ने वा भरिएको महसुस हुने, थकान, टाउको दुख्ने, लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, मांसपेशी दुख्ने, स्वाद वा गन्ध थाहा नहुने, घाँटी दुख्ने, बान्ता हुने र पखाला जस्ता लक्षणहरू देखिन्छन्  ।

डेनमार्कमा गरिएको हालैको अध्ययनले एबी.२ स्ट्रेनमा यस्ता आनुवंशिक विशेषताहरू छन् जसले यसलाई ओमिक्रोनको पहिलो स्ट्रेनभन्दा बढी संक्रामक बनाउँछ । यसले मानिसको प्रतिरक्षा प्रणालीलाई सजिलैसँग असर गर्छ, जसका कारण पूर्ण खोप लगाएका र बूस्टर डोज लिएका मानिसहरू पनि संक्रमित हुन्छन् ।

तर, कोरोनाको कुनै पनि भेरियन्टबाट बच्न भ्याक्सिन लिनु निकै जरुरी छ । यसले गम्भीर बिरामी हुन र अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट बचाउन सक्छ । दैनिक भास्करबाट

  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार २०:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया