\
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति र ओलीबीच शनिबार बेलुका शीलत निवासमा भेटवार्ता भएको हो।
भेटमा स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारले गरेको ढिलाइबारे छलफल भएको बताइएको छ । गत हप्ता राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सातबुँदे लिखित नोट बुझाएकी थिइन् ।
राष्ट्रपति भण्डारीको उक्त दबाबपछि सरकार आगामी जेठ पहिलो साताभित्रै स्थानीय तहको चुनाव गराउने निर्णय गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।