पर्यटन बोर्डका सिइओ आर्थिक अनियमिततामा संलग्न रहेको उपसमितिको ठहर, थप कारबाहीका लागि अख्तियारमा पत्राचार गर्न सिफारिस

नेपाल पर्यटन बोर्डको छानबिन उपसमितिले बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ ।  

बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित उपसमितिले कार्यकारी प्रमुख रेग्मी ‘आर्थिक अनियमितता’मा संलग्न रहेको निष्कर्ष निकाल्दै थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्न सिफारिस गरेको छ ।

रेग्मीले बोर्डमा आर्थिक अनियमितता गरेको, गैरकानुनी क्रियाकलापमा संलग्न भएको, भन्सारका कर्मचारीमाथि दुर्व्यवहार गरेको र सुन चोरी पैठारीजस्ता घटनामा संलग्न रहेको ठहर गर्दै उपसमितिले रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी पदमा रहिरहन उपयुक्त नहुने सुझाब दिएको छ । 

उपसमितिले गत सोमबार पर्यटन मन्त्रालयका सचिवलाई बुझाएको प्रतिवेदनमा रेग्मीमाथि अनुसन्धानात्मक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन भनेको छ । रेग्मीलाई पदमा बहाल राख्ने वा हटाउने निर्णय बोर्डले नै गर्नुपर्ने उपसमितिको निष्कर्ष छ । 

बोर्डमा पर्यटन सचिव अध्यक्ष हुन्छन् भने विभिन्न मन्त्रालय, निकाय र पर्यटन क्षेत्रका प्रतिनिधि सदस्य हुन्छन् । 





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार २२:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया