म्यानमारका हजारौं महिलालाई चीनमा विवाह गर्न दबाब

एजेन्सी- म्यानमारका सहाराविहीन हजाराैं महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दबाब दिने गरेको पाइएको छ । म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरूलाई चीनतर्फ लैजाने गरेको तथ्यसहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । 

द्वन्द्वको फाइदा उठाउँदै म्यानमारका सहाराविहीन महिलालाई सीमा क्षेत्रमा दुरुपयोग हुने गरेको पाइएको हो । चीनमा पुरुषको भन्दा महिलाको सङ्ख्या कम भएकाले पनि म्यानमारका महिलालाई चिनियाँहरुले विवाह गर्ने गरेको अध्ययनकर्ताहरुले बताएका छन् । 

चीनमा अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या झण्डै तीन करोड ३० लाख कम रहेको सरकारी तथ्यांक छ । जनसंख्या अत्यधिक बढेपछि सरकारले यसअघि लागू गरेको एक सन्तान नीतिका कारण महिलाको सङ्ख्या घटेको पाइएको छ । म्यानमारबाहेक कम्बोडिया, लाओस, भियतनामलगायतका देशहरूबाट पनि बर्सेनि हजारौँ महिला चीन लगिने गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १०:२१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया