सोमरबारको मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तोक्ने

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तोक्ने भएको छ । यसअघि बिहीबार नै बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तोक्ने तयारी गरिएको थियो । तर, बिहीबार अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमिसिसी)को विषयमा सत्तारुढ गठबन्धनमा सहमति नहुँदा बैठक बसेको थिएन ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैैठकमा पनि एमसिसीको विषयमा कुनै छलफल नहुने सरकारका एक मन्त्रीले फरकधारलाई बताएका छन् । 

उनका अनुसार सोमबार बस्ने बैठकले चाहिँ स्थानीय तहको निर्वाचनको मिति चाहिँ घोषणा गर्नेछ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँगको परामर्शमा ५ जेठअघि नै स्थानीय निर्वाचनको प्रस्ताव गरेका थिए । निर्वाचन आयोगले पनि ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न सकिने सम्भावना रहेको भन्दै सरकारलाई सिफारिस गरेको थियो ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार ११:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया