मदिरा पिएर अपहरणमा परेको नाटक गर्ने एकजना पक्राउ

अपहरणसम्बन्धी अफवाह फैलाएको आरोपमा दाङबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–४ घर भएका ४० वर्षीय खिमबहादुर ओली रहेका छन् । 

प्रहरीका अनुसार उनले गएराति करिब १० बजे तुल्सीपुरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरी आफूलाई चारजना मानिसले अपहरण गरी जंगलमा लगेर राखेको भनेर खबर गरेका थिए । 

उनले खबर गरेलगत्तै प्रहरीले खोजी थालेको थियो । तर, प्रहरीलाई खबर गर्ने ओली बाटोमा हिँडिरहेका बेला पक्राउ परे ।

उनलाई प्रहरीले हिलाम्मे अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ओलीले मदिरा पिएका थिए । उनले मदिराको नसामा अपहरण परेको भनेर अफवाह फैलाएको हुनसक्ने प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १२:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया