कर्णाली प्रदेशसभामा एमसिसीको विरोध

कर्णाली प्रदेशसभामा अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध भएको छ । प्रदेशसभाको आजको बैठकमा नेकपा एमालेका सांसद दल रावलको एमसिसीको विरोध गरेका हुन् । कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पाँचौ बैठकमा बोल्दै सांसद रावलले एमसीसीको बारेमा खुलेरै विरोध गरेका हुन् । उनले सदनबाटै एमसिसी र एमसिसीका पक्षमा भित्रभित्रै पत्र लेख्ने नेताहरूप्रति आक्रोश नै पोखे ।

उनले एमसिसीका अध्यक्षले संशोधन नगर्ने भन्दाभन्दै पनि नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र  नेकपा माओवादी अध्यक्ष प्रचण्डले आन्तरिक रूपमा लेखेको पत्रबारे खुलेरै विरोध गरेका हुन् ।

उनले बाहिर–बाहिर एमसिसी संशोधन गरेर मात्रै पास हुन्छ भन्ने भित्रभित्र नेपाली नागरिकको आँखामा छारो हालेको भन्दै आपत्ति जनाए । नेकपा एमाले जहिले पनि नेपाली नागरिकको पक्षमा भएको र सदनबाट एमसिसीको विरुद्धमा बोलिरहने उनले बताए ।

‘नेपाल गरिब छ तर सार्वभौम छ । नेकपा एमालेबाहेक अहिले एमसिसीको पक्षमा लाग्नेहरूको बहुमतको सरकार छ त्यसैले पास गर्ने भए गर्नुहोस् । तर, यसरी गोप्य रूपमा चिठीहरू लुकाएर नराख्नुहोस् । चार–चार महिनासम्म गोप्य रूपमा यो चिठी राख्न पाइन्छ ? सभामुख महोदय । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संशोधन नगरी एमसिसी पास हुँदैन भन्ने तर गोप्य रूपमा चिठी राख्ने ? भित्र-भित्र एससिसीसँग सम्झौता गर्ने अनि बाहिर नेपाली नागरिकको आँखामा छारो हाल्ने ?  नेपाली नागरिक के भेडा हुन् ? उनले भने ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १४:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया