भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र 'कुन हो मेरो देश'को ट्रेलर सार्वजनिक भएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्ध वीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।
क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागी जीवनभर परिश्रम गरे र सबै कुरा दिए र तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्रमार्फत गरेका छन् ।
फ्याम्ली प्रोडक्सनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ । बिएम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ ।
कमल राईको छायांकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो । असल टिभी नामक युट्युव च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ । पूरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने निर्माण टिमले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।