मूर्ति चोरीको आरोप लागेका गैरसांसद हुम्लाका छिरिङ डम्बुल लामा उर्फ कार्चेन लामालाई माओवादी केन्द्रले मन्त्रीमा सिफारिस गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पदमा नियुक्त भएका लामासहित पाँच जना मन्त्रीले आजै साँझ सात बजे शपथग्रहण गर्दैछन् ।
नेपाली कांग्रेस सुर्खेतबाट निर्वाचित यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्रालय, एकीकृत समाजवादीका तर्फबाट पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, नेकपा माओवादीका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र कांग्रेस दैलेखबाट निर्वाचित हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सिफारिस भएका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै उनीहरूलाई मन्त्री पदमा सिफारिस गरेका हुन् । आजै साँझ ७ बजे मन्त्रीहरूले शपथग्रहण गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।