साेधपुछ गर्न मन्त्रालयले बाेलाएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा नेपाल फर्किँदै

काठमाडौं– परराष्ट्र मन्त्रालयले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई उनीमाथि लागेका आरोपबारे सोधपुछका लागि बोलाएपछि उनी आज नेपाल फर्किंदै छिन् । 

राजदूत शेर्पामाथि मानव तस्करीको आरोप लागेको छ । उनका चालक वाङचु शेर्पाले राजदूत शेर्पाले पैसा लिएर आफूलाई अस्ट्रेलिया लगेको आरोप लगाएका छन् । त्यसपछि विवादित बनेकी शेर्पालाई परराष्ट्र मन्त्रालयले सोधपुछका लागि नेपाल बोलाएको हो ।   
 
आरोपी वाङचुले मोटो रकम असुलेर राजदूत शेर्पाले आफू र श्रीमतीलाई अस्ट्रेलिया ल्याएको खबर नेपाली सञ्चारमाध्यममा आएपछि यो विषय अझ चर्किएको थियो ।  

यता, राजदूतावासले भने वाङचुले राजदूतावासमा रहेको बहुमूल्य गरगहना चोरी गरेको आरोप लगाएको छ । त्यसबाट बच्न उनले राजदूतमाथि अाराेप लगाएकाे दूतावासले बताएकाे छ । 
 





  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १३:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया