राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कूटनीतिक मर्यादाविपरीत एमसिसी पदाधिकारीलाई पत्र लेखेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखेको पत्र कूटनीतिक मर्यादा विपरीत रहेको भनदै थापाले उनीहरुले जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।
सो पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकूल रहेको र उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।