अक्षय कुमार बने उत्तराखण्डका ब्राण्ड एम्बेस्डर

भारतीय अभिनेता अक्षय कुमार उत्तराखण्ड राज्यका ब्राण्ड एम्बेसडर बनेका छन् ।

उनलाई आज सोमबार उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री धामीले ट्विट गर्दै लेखेका छन्, ‘आज प्रख्यात अभिनेता, युवाहरूका प्रेरणास्रोत अनि मेरा मित्र श्री अक्षयकुमारजीलाई मुख्यमन्त्री आवासमा स्वागत एवं अभिनन्दन गरिएको छ । अक्षय कुमारले राज्यका युवाहरूलाई प्रेरित गर्नका लागि सरकारद्वारा उठाइएका कदमको सराहना गरे र हर सम्भव सहयोग गर्न आश्वासन दिए ।’

समाचार एजेन्सी एनएनआईका अनुसार पुष्कर सिंह धामीले भने, ‘हामीले अक्षयकुमारलाई एक प्रस्ताव गरेका थियौँ, उनले यसलाई स्वीकार गरेका छन् । उनी उत्तराखण्डका ब्राण्ड एम्बेस्डरको रूपमा पनि काम गर्नेछन् ।’

अक्षय कुमार अहिले उत्तराखण्डको मसुरीमा फिल्म सुटिङ गरिरहेका छन् ।

सन् १९८७ मा महेश भाटले निर्देशन गरेकाे चलचित्र आजबाट अक्षय कुमारले बलिउडमा डेब्यू गरेका थिए । 



१९९२ मा रिलिज भएकाे चलचित्र खिलाडीबाट चर्चामा आएका अक्षयकुमारले १२० भन्दा धेरै चलिचत्रमा काम गरिसकेका छन् ।

 



  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १३:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया