क्यानडामा ट्रक चालकको प्रदर्शन नियन्त्रण बाहिर, राजधानीमा ‘संकटकाल’ लागू

क्यानडामा ट्रक चालकहरूको विरोध प्रदर्शन नियन्त्रण बाहिर जाँदै छ । स्थिति यस्तो बनेको छ कि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । 

ओटावा सहरका मेयर जिम वाट्सनले आपतकालीन अवस्था घोषणा गर्दै मानिसहरूको सुरक्षामा गम्भीर खतरा रहेको बताएका छन् । 

ट्रक चालकहरू जनवरी २९ मा पहिलो पटक ओटावा सहरमा आइपुगेका हुन् । त्यसयता आज आन्दोलनको दशौं दिन हाे र अवस्था झन् बिग्रँदै गएकाे छ । आन्दोलनकारीहरूले आफ्ना ट्रक सडकमा राख्नुका साथै टेन्ट पनि लगाएका छन् ।

बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै ओटावाका मेयरले केन्द्र सरकार र अदालतसँग सहयोग मागेका छन् । उनले अब जनताको सुरक्षाका लागि सहयोग गर्नुपर्ने बताए । 

प्रदर्शनकारीहरूकाे संख्या प्रहरीकाे संख्याभन्दा धेरै छ । यस्तो अवस्थामा केन्द्रको सहयोगमा हामीले हाम्रो सहर फिर्ता लिनुपर्ने मेयरकाे भनाइ छ । अर्कोतर्फ आन्दोलनकारीले विरोधमा लगातार हर्न बजाइरहेको स्थानीयको गुनासो छ ।

ट्रक चालकहरूको यो विरोध कोरोना भ्याक्सिन अनिवार्य गरेकोमा सुरु भएको हो । यो अत्यावश्यकता खारेज गरी लकडाउन नगर्न उनीहरूले माग गरेका छन् । 



विगतमा पनि ट्रक चालकहरूले प्रधानमन्त्री ट्रुडोको निवासलाई घेरा हालेपछि उनी गोप्य स्थानमा गएका थिए । उनले त्यहाँबाट एक सातादेखि काम हेर्दै आएका छन् । 

अहिलेसम्म ट्रक चालकहरूले ओटावा खाली गर्ने कुनै संकेत दिएका छैनन् । आफ्ना माग पूरा नभएसम्म पछि हट्ने उनीहरूको भनाइ छ 



  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १४:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया