गायिका लता मंगेशकरको हिजो मुम्बईमा पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । जावेद अख्तर, शाहरुख खान, सचिन तेन्दुलकर, रणवीर कपूर, श्रद्धा कपूर, शंकर महादेवन जस्ता दिग्गज व्यक्तित्व उनलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए।
तर, यसै क्रममा शाहरुख खानलाई लिएर सामाजिक सञ्जालमा ठूलो विवाद उत्पन्न भएको छ । उनी बिहानैदेखि सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।
सामाजिक सञ्जालमा एक पक्षले शाहरुखमाथि अपमानजनक आरोप लगाएका छन् । उनले लता मंगेशकरको अन्त्येष्टिमा फुकेर श्रद्धाञ्जली दिएको आरोप लागेको छ।
अर्कोतर्फ, अर्को पक्षले दुवा पढेपछि यस्ताे गर्नु स्वभाविकै रहेकाे बताएका छन् ।
लता मंगेशकरलाई श्रद्धाञ्जली अर्पण गर्दै शाहरुख खानले लता मंगेशकरको लागि इस्लामिक अनुष्ठानबाट दुवै हात पसारेर फातिहा (प्रार्थना) पठाएको देखियो । त्यसपछि उनले मास्क हटाए र यसलाई उडाए, जुन फातिहा पछि गर्ने चलन हो ।
यसपछि उनले महान गायकको खुट्टा पनि छोए ।
शाहरुखको तस्बिर पोस्ट गर्दा भारतीय जनता पार्टीका नेता अरुण यादवले आपत्तिजनक कुरा लेखेपछि सामाजिक सञ्जालमा यस्तो विवाद खडा भएकाे हाे । यादवकाे टिप्पणीलाई लिएर धेरैले उनकाे आलाेचना गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।