पछिल्लाे अवस्था र सम्भावित प्रभावलाई मूल्याकंन गरेर जनजीवन सहज बनाइएकाे हाे : अधिकारी

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कोभिड-१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताएको छ । 

सोमबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोभिड-१९ संक्रमणको पछिल्लो अवस्था र सम्भावित प्रभावलाई मूल्यांकन गरेर जनजीवनलाई सहज बनाइएको बताएका हुन् ।

उनले केही प्रतिबन्धात्मक व्यवस्थासहित जिल्ला प्रशासन कार्यालयले आइतबार नयाँ आदेश जारी गरेको र सो आदेशमा आगामी फागुन १ गतेबाट शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाउने र १२ वर्षभन्दा माथिका विद्यार्थीका हकमा नियमित रूपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्यासमेत विचार गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउने गरी सञ्चालन गर्नुपर्ने जानकारी दिए ।

त्यस्तै सबै किसिमका परीक्षाहरू विशेषतः स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी जेट आकारमा सिट व्यवस्थापन गर्ने र आगामी फागुन १ गतेदेखि परीक्षाहरू सञ्चालन गर्न पाउने पनि उनकाे भनाइ छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले आगामी फागुन १ गतेबाट दोहोरी, नाचघर, क्लब लगायतका रात्रीकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल जस्ता सेवाहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्ने गरी राति १० बजेसम्म सञ्चालन गर्न सक्ने पनि बताए ।

उनले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनको प्रभावकारी कार्यान्वयन अनुगमन पनि गरिने स्पष्ट पारे ।



जिल्ला प्रशासनले खेलकुदका कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरी पूर्ण खोप लगाएका दर्शक उपस्थित हुनसक्ने र सार्वजनिक सेवा लिनेहरूले कोरोनाको पूर्ण मात्रा खोप लगाइसकेको हुनुपर्ने पनि निर्देशनमा उल्लेख गरेको छ । 



  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १५:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया