पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेकाे छ : भुसाल
फाइल फाेटाे

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएका छन् ।

सोमबार विद्युतीय प्रयोगका साधनमा जोड दिन माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने उनकाे भनाइ छ ।

मन्त्री भुसालले सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘म अहिले सकारात्मक ढंगले सोच्छु, मसँग बजेट केही पनि छैन । नेपाल सरकारले अर्थमन्त्रालयलाई भनेर बजेट उपलब्ध गरायो भने यो काम गर्न खुसी छु ।’

अनेरास्ववियुले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरूमा निःशुल्क इण्डेक्सन चुलो पुर्‍याउन सरकारसँग माग गरेको छ । त्यसैगरी पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रूपमा काम गर्न सरकारलाई आग्रह पनि गरिएको छ ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १६:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया