स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय
फाइल फाेटाे

स्थानीय तहको निर्वाचन आगामि ३० वैशाखमा हुने भएको छ । नेपालका सबै ७ सय ५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । 

यसअघि निर्वाचन आयोगले एकै चरणमा गर्ने भएर १४ वैशाखमा र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखमा निर्वाचन गर्न सकिने मिति सिफारिस गरेको थियो । 

तर, सत्तारुढ पाँच दलीय गठबन्धनले निर्वाचन आयोगको यो सिफारिसभन्दा केही सातापछि ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो । 

आज बसेको मन्त्रिपरिषद् बैठकले चाहिँ ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचन जेठअगावै गर्नु पर्ने स्थानीय तह निर्वाचन ऐनमा उल्लेख गरिएको छ । अहिले कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिँदै छ । संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।

मन्त्रिपरिषद् बैठकमा ३० वैशाख र ४ जेठमा निर्वाचनमा हुने प्रस्तावमाथि छलफल भएको थियो । छलफलले ३० वैशाखमा नै निर्वाचन गर्ने निष्कर्ष निकालेको हो । ४ जेठमा निर्वाचन गर्दा केही दिन भए पनि स्थानीय तह खाली हुनसक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।






  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १६:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया