मधेस प्रदेश : सार्वजनिक लेखा समितिमा सत्तापक्षको पनि दावी
फरकधार / २४ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

मधेस प्रदेशको प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका विभिन्न विषयगत समितिहरूको सभापति चयन प्रक्रिया सुरु भएको छ ।



सत्तारूढ दलका उम्मेदवारले विपक्षी दललाई बेवास्ता गर्दै उम्मेदवारी दिएपछि विपक्षी दलले पनि प्रदेशसभा अन्तर्गतका दुई समितिमा उम्मेदवारी दर्ता गराएका हुन् ।



प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति पदमा प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दर्ता गराएका छन् । सो समितिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादवले उम्मेदवारी दिएका छन् ।



त्यस्तै, कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएकी छन् । सोही समितिको सभापतिमा सत्तारूढ दल नेकपा एकीकृत समाजवादीबाट मदनसेन श्रीवास्तवले उम्मेदवारी दर्ता गराएका हुन् ।



यी दुईवटा समितिको सभापति पदमा निर्वाचन हुने भएको छ ।

यता, नेकपा माओवादी केन्द्रको तर्फबाट प्राकृतिक स्रोत तथा वातावरण समितिमा जगतप्रसाद यादवको मात्र उम्मेदवारी परेको छ । उनी निर्विरोध निर्वाचित भए पनि आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।



अन्तिम समयसम्म जनता समाजवादी पार्टीले सहमतिको प्रयास गर्दै एमालेलाई लेखा समिति दिने आश्वासन दिँदै आएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले गत बुधबार एक सूचना प्रकाशित गरी प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेको सभापति पदमा उम्मेदवारी दर्ता गराउन आह्वान गरेका थिए । 



प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने कानुनी व्यवस्था रहेको छ ।

  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १७:३७:३४,   अन्तिम अपडेट : माघ २४, २०७८ साेमबार १७:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया