इपिएलमा विराटनगरको विजयी सुरुआत

काठमाडौं– कीर्तिपुरको अन्तर्राष्ट्रिय किक्रेट ग्राउन्डमा शनिबार सुरु भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले विजयी सुरुआत गरेको छ । पहिलो खेलमा विराटनगरले ललितपुर प्याट्रिओट्सलाई १ बल बाँकी छँदा ३ विकेटले पराजित गर्योे । 

टस जितेर पहिले ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रन जोडेको थियो । १ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । 

विराटनगरलाई जित दिलाउने क्रममा अलराउन्ड प्रदर्शन गरेका करण केसी म्यान अफ द म्याच भए । उनले १९ बलमा १ चौका र ३ छक्कासहित विराटनगरको लागि सर्वाधिक ३६ रन जोडे ।

यस्तै, अनीलकुमार साहले ११ तथा आसिफ शेखले १९ रन जोडे । अन्य ब्याट्समेनले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । २२ बल खेलेका पारस खड्का ८ रनमै पभेलियन फर्किए । 

विरटनगरको तीन विकेट गौरव टमोरले एक्लैले लिए । यस्तै, सन्दीप लामिछानेले २ तथा ललित राजवंशीले १ विकेट लिए । 

यसअघि, ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । मल्लले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।



अन्य ब्याट्समेनले राम्रो रन जोड्न नसक्दा ललितपुरले हार बेहोर्नुपर्यो । ललितपुरका सन्नी पटेलले २० तथा ओपनर पवन सरार्फले १४ रन जोडे पनि अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । 

ललितपुरको ९ विकेट लिने क्रममा विराटनगरका करण केसी र भेन दर मेर्वेले समान २ विकेट लिएका थिए । यस्तै, वसन्त रेग्मी, स्मिथ पटेल र पारस खड्काले १–१ विकेट लिए । 



इपिएलअन्तर्गत भोलि (आइतबार) दुई खेल हुँदै छन् । चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच बिहान ९ बजे कीर्तिपुर क्रिकेट ग्राउन्डमा प्रतिस्पर्धा हुनेछ ।दोस्रो खेलमा भैरहवा ग्याडिएटर्स र पोखरा राइनोज भिड्दै छन् । 

  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १७:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया