‘निर्मलाका हत्यारा सार्वजनिक गर्दै छौँ, छाता ओढाउन नआउनू’

काठमाडौं– उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । 

शनिबार ललितपुरमा आयोजित १०औँ मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । हामी चाँडै विधिसम्मत ढंगले सार्वजनिक गर्छौं ।’

तैपनि, राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए ।

‘मलाई एउटा डर लागेको छ, सरकारले त्यसलाई सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरु छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ,’ कार्यक्रममा उपस्थित कांग्रेस नेत्री पुष्पा भुसालतर्फ हेर्दै मन्त्री पोखरेलले भने, ‘पुष्पा जी ख्याल गर्नुहोला ।’

निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्ने अधिकारकर्मीहरुलाई हत्यारा सार्वजनिक गर्दा रक्षार्थ सक्रियता नदेखाउनसमेत मन्त्री पोखरेलले आग्रह गरे ।

प्रतिपक्षी दलका नेता र अखबारका स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे । 



मन्त्री पोखरेलले भने, ‘आज जसजसले निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झन्डा बनाएर सडकमा आउनुभएको छ, त्यो अपराधी बाहिर ल्याउँदा कसैले पनि छाता ओढाउन नआउनुहोला । त्यो त कहाँ हो र विचरा । निर्दोष थियो, अर्कै पो थियो, सरकारले लुकायो भनेर छाता ओढाउन नआउनुहोला ।’



  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १७:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया