२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

स्थानीय तहको निर्वाचनमा जुट्न नेता–कार्यकर्तालाई राप्रपा अध्यक्ष लिङ्देनको आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको आवधिक निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारको निर्णयको  स्वागत गरेका छन् । 

उनले स्थानीय तहको निर्वाचनमा जुट्न नेता– कार्यकर्तालाई सामाजिक सञ्जालमार्फत आह्वान पनि गरेका छन् । लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु ।’



सोमबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० मा एकै चरणमा गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयको प्रतिपक्षी एमालेसहित अधिकांश राजनीतिक दलले स्वागत गरेका छन् । 





  • प्रकाशित मिति : २४ माघ, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया