कर्णाली प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी मागेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि माग गरेको हो ।
आयोगका अनुसार सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी पदपूर्ति गर्न लागिएको हो ।
आयोगले जारी गरेको सूचनाअनुसार सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ ८५ जना, नायव प्राविधिक सहायकतर्फ १६ जना, पशुस्वास्थ्य प्राविधिक तर्फ ६९ जना सहायक महिला विकास निरीक्षक १३ जना, कम्प्युटर अपरेटर ४ जना, अनमी ७० जना, अहेव ४८ जना, वैद्य ४ जना र ल्याब असिस्टेन्ट १० जना मागिएको छ ।
योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्नेछन् । अप्राविधिकको प्रथम पत्र १७ वैशाख, प्राविधिक ६ जेठदेखि २१ जेठसम्म र महिला विकासको ५ जेठमा परीक्षा हुने आयोगले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।