बिआर चोपडाले निर्देशन गरेको महाभारत टेलिसिरियलमा भीमको भूमिका निर्वाह गरेका अभिनेता प्रवीण कुमारको निधन भएको छ ।
कुमारको हृदयघातको कारण निधन भएको हो । उनी ७४ वर्षका थिए ।
कुमारकी छोरी निकुनिकाका अनुसार उनकाे हिजो राति पाैने दश बजेतिर उनको निधन भएको हो।
महाभारतबाहेक उनको अन्य सिरियल तथा बलिउड फिल्ममा पनि भूमिका रहेको छ ।
उनी कलाकार बन्नुभन्दा अगाडि खेलाडी थिए । उनी एसियन गेम्स मेडलिस्ट पनि हुन् ।
उनको निधनमा युधिष्ठिरको भूमिका निर्वाह गर्ने गजेन्द्र चौहानले ट्विट गर्दै श्रद्धाञ्जली दिएका छन् ।
उनले लेखेका छन्, ‘आज बिहान एक दुखद समाचार प्राप्त भयो । मेरो महाभारतका भाइ प्रवीण कुमारजील हामी सबैलाई छाडेर अनन्त यात्रामा चलेका छन् । विश्वास नै भएको छैन । तपाईं सधैं हाम्रो यादमा रहनु हुनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।