बलिउड अभिनेता अक्षय कुमार आफ्नो नयाँ फिल्म ‘बच्चन पाण्डे’ मा प्रचारको लागि ‘द कपिल शर्मा सो’ मा नजाने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आफू उपस्थित अघिल्लो अंकमा कपिलले प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा मजाक गरेको भन्दै अक्षयले सोमा जान अस्विकार गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार अक्षय कपिलसँग रिसाएका छन् । र, उनले तत्काल फिल्म प्रचारको लागि ‘द कपिल शर्मा सो’ मा नजाने घोषणा गरेका हुन् ।
कुरा के थियो ?
अक्षय अन्तिमपटक ‘अतरंगी रे’को प्रचारका लागि कपिल शर्मा सोमा पुगेका थिए । त्यसक्रममा कपिलले प्रधानमन्त्री मोदीसँग अक्षयले लिएको अन्तर्वार्ताको मजाक उडाएका थिए । २०१९ लोकसभाको समयमा अक्षयले अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री कसरी आँप खान्छन् भनेर सोधेको थिए । त्यही प्रश्नलाई कपिलले आफ्नो साेमा मजाक बनाएपछि अक्षयलाई चित्त बुझेन ।
अक्षयले कपिलको ठट्टालाई सधैं मन पराउँछन् । उनले आफ्नो ठट्टाको बारेमा कहिल्यै गुनासो गरेनन् । तर, उनले प्रधानमन्त्री मोदीको विषयमा गरेको मजाकमा भने चित्त बुझेन ।
मिडिया रिपोर्टका अनुसार अक्षयले शोका निर्माताहरूलाई प्रधानमन्त्रीको विषय जोडिएको सो भाग प्रसारण नगर्न अनुरोध पनि गरेका थिए । निर्माताहरू सहमत भए पनि पछि क्लिप सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।