नेकपा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको झण्डै एक महिनापछि अध्यक्षमा न्यौपाने चयन भएका हुन् ।
२३ पुसमा अधिवेशन उद्घाटन भए पनि कोरोनाका कारण स्थगित गरिएको थियो । अध्यक्षमा चयन भएका न्यौपाने यसअघि नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष थिए । त्यस्तै, उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।
निर्वाचन मण्डलका अनुसार बुधवार दिउँसो १ बजे नवनिर्वाचित कमिटीको पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रम राखिएको छ । १० औं जिल्ला अधिवेशन उद्घाटन भएर कोरोनाका कारण २३ पुसदेखि स्थगित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।