कांग्रेस कर्णाली प्रदेशसभा दलको सचेतकमा अमृता शाही

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको सचेतकमा अमृता शाही मनोनित भएकी छन् । दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन् ।

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीले उक्त जिम्मेवारी पाएकी हुन् । 

कांग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ । 





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ९:३४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया