हिजाब विवादमा पाकिस्तानी मन्त्री भन्छन्- मोदीको भारतमा जे भइरहेको छ, त्याे डरलाग्दो छ

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री चौधरी फवाद हुसैनले भारतमा सुरु भएको हिजाब विवादमा आफ्नाे प्रतिक्रिया दिएका छन् । 

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रतिक्रिया दिएका हुन् ।

फवाद हुसैनले लेखेका छन्, ‘मोदीको भारतमा जे भइरहेको छ, त्यो डरलाग्दो छ । भारतीय समाज अस्थिर नेतृत्वमा तीव्र गतिमा ओर्लिरहेको छ । हिजाब लगाउनु व्यक्तिगत रुचि हो, जसरी मानिसहरू अन्य कुनै पनि पोशाक लगाउन स्वतन्त्र छन् ।’ 

यसैगरी, पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पनि हिजाब विवादमा आफ्नाे राय व्यक्त गरेका छन् । 

उनले ट्वीट गर्दै मुस्लिम महिलाहरूलाई शिक्षाबाट वञ्चित गर्नु मौलिक अधिकारको उल्लङ्घन भएको बताएका छन् । 

गत हप्ता कर्नाटकको उडुपीमा हिजाब लगाएर कलेज जाने युवतीलाई लिएर विवाद भएको थियो । कलेज प्रशासनले छात्राहरू कलेजको पोसाकमा आउनु पर्ने भनेको छ । त्यसपछि विरोध सुरु भएकाे हाे । पछि हिजाब समर्थक र हिजाब विरोधीबीच झडप भएको थियो ।



झडपपछि कर्नाटकका सबै स्कुल तथा कलेज तीन दिनका लागि बन्द गरिएकाे छ । 

छात्राहरूले हिजाब लगाउन रोक लगाएको भन्दै उच्च अदालतमा निवेदन दिएका छन् । उनीहरू हिजाब लगाउनु उनीहरूको संवैधानिक अधिकार भएको बताउँछन् ।



यस विषयमा कर्नाटक उच्च अदालतमा सुनुवाई भइरहेकाे छ ।

मंगलबार पाकिस्तानकी महिला अधिकारकर्मी तथा नाेबेल पुरस्कार विजेता मलाला युसुफजाईले पनि ट्विट गर्दै हिजाबकाे समर्थन गरेकी थिइन् ।
 

  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १२:२७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया