\


राष्ट्रपतिले गरिन् जोशीको स्वास्थ्यलाभको कामना
फरकधार / २६ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीका तर्फबाट उनका संस्कृति मामिलासम्बन्धी सल्लाहकार माधव शर्मासहित सचिवालयका सदस्य संस्कृतिविद् जोशी उपचाररत ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा आज पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन् । 
 
आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पनि अस्पताल पुगेर जोशीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।

केही दिनअघि स्वास्थ्यमा उपचारार्थ भर्ना हुनुभएका जोशीको हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका भतिज अजर जोशीले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १९:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया