कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाउने बेलायती प्रधानमन्त्रीको घोषणा

बेलायत सरकारले लागू गरेका कोरोनासम्बन्धी सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले बुधबार बेलायती संसदमा सम्बोधन गर्दै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् ।

उनले फेब्रुअरीको अन्त्यमा देशभर कोरानाभाइरसका प्रतिबन्ध हटाइने बताए । प्रधानमन्त्रीको घोषणालाई बेलायती सञ्चारमाध्यमले आकस्मिक निर्णय भनेर टिप्पणी गरेका छन् ।

बेलायतमा ओमिक्रोन संक्रमणपछि स्वास्थ्य अवस्था सहज र मृत्युमा कमी आएको छ । विज्ञहरुको सुझाबका आधारमा सरकारले सो निर्णय लिएको हो ।

जोनसनको घोषणालाई बेलायती संसदका सबै सांसदले ताली बजाएर स्वागत गरेका थिए । 





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार २०:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया