प्रभास-दीपिकाले ‘प्रोजेक्ट के’ को सुटिङ सुरु गर्दै

साउथका सुपरस्टार प्रभास र दीपिका पादुकोण यतिबेला आफ्नो आगामी फिल्म ‘प्रोजेक्ट के’ लाई लिएर चर्चामा छन् । अब प्रभास-दीपिकाले यही सातादेखि हैदरावादमा ‘प्रोजेक्ट के’ को दोस्रो शेड्युलको छायांकन सुरु गर्ने बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको प्रि-प्रोडक्सन जारी छ । दोस्रो शेड्युलमा प्रभास–दीपिकाले फिल्मका केही मुख्य दृश्यको सुटिङ गर्नेछन् ।

अमिताभ बच्चन साइन्स फिक्शन फिल्मको यो चरणको छायांकनमा संलग्न हुने पनि खबर बाहिरिएका छन् । नाग अश्विनको निर्देशनमा बनेको यो फिल्मका लागि प्रभासले २०० दिनको समय दिएका छन् ।

फिल्ममा प्रभास–दीपिकाबाहेक अमिताभ बच्चन पनि मुख्य भूमिकामा छन् ।





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार २०:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया