खुमलटारमा प्रचण्ड र शेखरबीच भेटवार्ता, एमसिसीको विषयमा छलफल

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनी प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेका थिए । 

प्रचण्ड र कोराइलाबीचको भेटमा अमेरिकी सहयोग परियोजना एमसिसी, स्थानीय तहको चुनाव र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा नेता कोइरालाले एमसिसीको विषयलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरेका थिए ।

उनले भनेका थिए, ‘एमसिसीबारे तपाईंको धारणा प्रष्ट हुनुपर्‍यो । सरकारमा बसेर यसलाई गिजोल्नुभएन । यसले राष्ट्रिय राजनीतिलाई प्रभावित गर्छ ।’​ भेटमा कोइरालाले एमसिसीलाई संसदमा टेबल गराउन पनि आग्रह गरेका थिए ।

संसद्‌मा टेबल गर्न नै अवरोध गर्ने कुरा राम्रो नभएको पनि बताए । जवाफमा प्रचण्डले चुनावअघि एमसिसी पास गर्न नसकिने प्रतिक्रिया दिएका थिए ।

‘एमसिसीबारे हामी छलफलमै छौँ । तर, चुनावअघि एमसिसी पास गर्न सकिँदैन । मैले प्रधानमन्त्रीजीसँग अनुरोध गरिरहेको छु, यसलाई अझै समय लिएर छलफल गरेर मात्रै टुंगोमा पुर्‍याउन सकिन्छ,’ प्रचण्डलाई उदृत गर्दै छलफलमा सहभागी कांग्रेस नेता अमरेशकुमार सिंहले भने । 

साथै, भेटमा कोइरालाले सत्ता गठबन्धन र सरकारले संसद् सञ्चालनका लागि पहल लिनुपर्ने पनि  बताएका थिए ।  



यसअघि मंगलबार कोइरालाले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पनि निवासमै पुगेर भेटेका थिए । ओलीसँगको भेटमा शेखरले संसद्को गतिरोध अन्त्य गर्ने, एमसिसी परियोजनालगायतका विषयमा छलफल गरेका थिए ।



  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार ११:५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया