नेपाल विद्यार्थी संघले पार्टी कार्यालय अगाडि प्रदर्शन गर्ने

नेपाली  कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पार्टी कार्यालयअगाडि प्रदर्शन गर्ने तयारी गरेको छ । 

विधानअनुरुप अधिवेशन  हुनुपर्ने र तदर्थ समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै संघले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने तयारी गरेकाे हाे ।

पार्टीकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेकाे बेला दबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागिएकाे एक नेताले जानकारी दिए । उनका अनुसार प्रदर्शन १ बजेबाट सुरु गरिने छ। 

राजीव ढुंगाना १४ ‍औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संघ नेतृत्वविहीन छ। 
 





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार ११:१०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया