करण र बिपाशाबारे के भने कपिलले ? जुन अहिले चर्चामा छ

भारतीय कमेडियन कपिल शर्मा फेरि चर्चामा आउन थालेका छन् । पछिल्लो समय उनको कार्यक्रम द कपिल शर्मा सोमा पुगेका बिपाशा बसु र करण सिंह ग्रोवरबारे कपिलले गरेको टिप्पणी अहिले फेरि चर्चामा आउन थालेको हो । बिपाशा र करण कपिलको भ्यालेन्टाइन्स विशेष कार्यक्रममा पुगेका थिए ।

कार्यक्रमको प्रोमो बाहिर आएपछि नै यसबारे धेरै चर्चा हुन थालेको छ । कपिलले प्रोमोमा करणको ट्याटु र बिपाशाको फिटनेसबारे निकै धेरै चर्चा गरेको देखिन्छ । अनि करण र बिपाशाबारे पनि उनले धेरै जोक भनेका छन् ।

यसका कारण पनि यो कार्यक्रमको प्रोमो नै चर्चामा आएको हो । बंगाली ब्युटी पनि भनेर चिनिने बिपाशा र उनका पति करण सिंह ग्रोवरले यो कार्यक्रममा आफ्नो वैवाहिक जीवनबारे पनि कुरा गरेका छन् । 





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १३:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया