अल्लु अर्जुनको फिल्म पुष्पाको एउटा गीतको एउटा स्टेपले भारतमा मात्र होइन, नेपालमा पनि खुबै चर्चा पाएको छ । यसमा बनेका छोटा क्लिपहरू जसलाई रिल्स पनि भनिन्छ, विभिन्न देशमा बनेका छन् ।
विश्वभर चर्चा पाएको यो गीतमा अब अल्लु अर्जुनकी छोरी अरहाले पनि भिडियो बनाएर राखेकी छिन् । अरहाले यो भिडियोमा आफ्नो बाबुको फिल्म पुष्पाका कच्चा बादाममा डान्स गरेकी हुन् । उनले राखेको यो भिडियो अहिले निकै चर्चामा छ ।
केही समयमा नै २० लाखभन्दा धेरैले यो भिडियो हेरेको भारतीय मिडियाले प्राथमिकताका साथ समाचार बनाएका छन् ।
भिडियोलाई चाहिँ अल्लु अर्जुनले नै आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।