त्रिविमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन
फाइल तस्वीर

त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन हुने भएको छ । कोरोना संक्रमण जोखिमका बढेको भन्दै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षा र पठनपाठन स्थगित गरेको थियो ।

मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । त्रिवि रजिस्ट्रार कार्यालयले आज एक सूचना जारी गर्दै पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । 

स्थानीय निकायसँग समन्वय गरी तोकिएका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादन हुने परिषद्ले जनाएको छ ।






  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १३:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया