भ्रष्टाचारविरुद्धको संकल्पलाई सूक्ष्म अवलोकन गरिदिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो संकल्पलाई सूक्ष्म रुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध ऐक्यबद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि  सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिबद्धता दोहोर्याएका हुन् । 


उनले भ्रष्टाचार गर्न दिन्न भन्ने स‌कल्प शतप्रतिशत कार्यान्वयन हुने त्यसका लागि अाफ्नाे प्रयास जारी रहेकाे बताए ।  कुनै पनि राज्यका जिम्मेवार पदाधिकारी र कर्मचारीलाई आफूमातहतका व्यक्तिसँग नगिर्ने गरी काम गर्न आग्रह गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार गर्न मन्त्रीहरु र मुख्यमन्त्रीसँग गिर्नुपर्छ, त्यस्तो अाफूले नगर्ने भन्दै अरुलाइ पनि नगर्न अाग्रह गरे । 

उनले ट्रान्सपरेन्सी इन्टरनेसनलको वार्षिक प्रतिवेदनमा भ्रष्टाचारको सूचकांकलाई आगामी दिनमा सकारात्मक र व्यापक फेरबदल ल्याउने गरी काम गरिने विश्वास व्यक्त गर्दै नागरिक समाज र सञ्चार क्षेत्रले पनि त्यसमा सहयोग गर्नुपर्नेमा जोड दिए  । 

सो संस्थाको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वका १८० मुलुकमध्ये १२२औँ स्थानमा छ । भ्रष्टाचार हुनुमा ७७ प्रतिशत राजनीतिक र ६६ प्रतिशत प्रशासनिक क्षेत्रलाई दोषी देखाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्यसचिव दामोदर गौतम, अभियन्ता केदार खड्कासहितले समाजका तर्फबाट प्रधानमन्त्री ओलीलाई आफ्ना संकल्प व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए । उनीहरुले आयोगलाई सशक्त र प्रभावकारी बनाउन, मन्त्रालयबाट हुने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट नगर्न सुझाब दिए  । 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १४:३३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया