\
नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसिसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् ।
एमसिसीले दिएको डेडलाइननजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकिरहेको बेला बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेतालाई फोन गरेर पास गर्न दबाब दिएको समाचार सञ्चारमाध्यमहरुमा प्रकाशन भएको थियो ।
नेता रावलले शीर्ष नेतालाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचार आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका छन् ।
यदि यसरी धम्की दिइएको भए एमसिसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरुद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ ।
शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र
— Dr. Bhim Rawal (@BhimRawal179) February 10, 2022
धम्की दिएको भन्ने खवर समाचार माध्यममा आएको छ। यसबारे शीर्ष नेताहरूले जनतालाई यथार्थ जानकारी गराउनु पर्छ।यदि यसरी धम्की दिइएको भए एमसीसीसंगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानका विरूद्ध भएको थप पुष्टि हुनेछ।'अनुदान' मा धम्की ?!
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।