युक्रेनमा रहेका अमेरिकी नागरिकलाई तत्काल देश छाड्न राष्ट्रपति बाइडेनकाे आग्रह
फरकधार / २८ माघ, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेका छन् ।

बाइडेनले रुसकाे सैन्य कारबाहीको बढ्दो खतरालाई मध्यनजर गर्दै यस्ताे आग्रह गरेका हुन् । 

बाइडेनले युक्रेनकाे अवस्थामा द्रुत रूपमा परिवर्तन हुन सक्ने बताउँदै युक्रेनमा आक्रमण भए अमेरिकीहरूलाई बचाउन सेना नपठाउने चेतावनी पनि दिएका छन् ।



रुसले युक्रेनी सीमामा एक लाख सेना तैनाथ गरेको छ । यद्यपि आक्रमण गर्ने योजनालाई भने उसले बारम्बार अस्वीकार गर्दै आइरहेकाे छ ।



रुसले बेलारुससँग ठूलो सैन्य अभ्यास सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बेलारुस र रुसको सम्बन्ध निकै राम्राे छ ।

आगामी दिनमा रुसले ठूलो नौसेना अभ्यास सुरु गर्ने भएकाे छ, जसका लागि समुद्रमा ठूला जहाज तैनाथ गरिएको छ । युक्रेनले युक्रेन जाने समुद्री मार्ग अवरुद्ध गरेको आरोप लगाएको छ। 

अमेरिकाले यो सैन्य अभ्यासलाई ‘दुई देशबीच तनाव बढाउने प्रयास’  भनेको छ। 

यसै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो युरोपका लागि विगत केही दशकयताकै सबैभन्दा ठूलो सुरक्षा संकट भएको बताएका छन् ।

  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार ११:४१:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया