\
आजदेखि सुरु हुन लागेको चार देशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत युएई र आयरल्याण्डबीचको स्थगित भएको छ । आयरल्याण्डका खेलाडीको खेल सामग्रीसहितको लगेज समयमै नआएका कारण खेल स्थगित भएको हो ।
आयरल्याण्ड र युएईबीचको सो खेल ओमानको अल अमरेत क्रिकेट मैदानमा बिहान ११ः४५ बजे सुरु हुने तालिका थियो । अब यी दुई टोलीबीचको स्थगित खेल आइतबार हुनेछ ।
आजै हुने नेपाल र घरेलु टोली ओमानबीचको खेल भने निर्धारित समयमै हुनेछ । यो खेल अपरान्ह पौने ४ बजेदेखि नै सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।