बहुप्रतिक्षित चलचित्र ‘शमशेरा’ को निर्माण पक्षले शुक्रबार चलचित्रको प्रदर्शन मिति घोषणा गरेको छ । रणवीर कपुर, वाणी कपुर र सञ्जय दत्त अभिनित यो चलचित्र २२ जुलाईमा सिनेमाहलमा सार्जजनिक हुनेछ ।
एक्सनले भरिपूर्ण यस थ्रिलर चलचित्रकाे अपडेट सार्वजनिक गर्दै यशराज फिल्म्सले ट्विटरमा लेखेकाे छ, ‘चलचित्र जुलाई २२ मा हलमा रिलिज हुनेछ । तपाईंको नजिकको सिनेमा हलमा मात्र ‘शमशेरा’ मार्फत् यशराजको ५० वर्ष पूरा भएकाे खुसी मनाउनुहोस् । यो चलचित्र हिन्दी, तमिल र तेलेगु भाषामा सार्वजनिक हुन तयार छ।’
चलचित्रको रिलिज डेटसँगै टिजर पनि सार्वजनिक गरिएको छ ।
टिजरमा तीन जना कलाकार हतियारले घेरिएको मधुरो उज्यालो ठाउँको बीचमा बसेको देखिएकाे छ ।
करण मल्होत्राद्वारा निर्देशित यो चलचित्रलाई पिरियड एक्सन ड्रामा फिल्मको रूपमा वर्णन गरिएको छ । जसमा रणवीरले बाबु र छोरा दुवैको दोहोरो भूमिका निर्वाह गरेकाे देखिनेछ। फिल्ममा आशुतोष राणा, सौरभ शुक्ला र रोनित रोयको पनि अभिनय रहेको छ ।
टिजर हेर्नुहाेस् :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।