प्रस्तावित चार राजदूत संसदीय सुनुवाइमा ‘पास’

काठमाडौं– विभिन्न चार देशका लागि सरकारले सिफारिस गरेका राजदूतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । 

आइतबार बसेको समितिको बैठकले प्रस्तावित चारैजनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

अनुमोदन हुनेमा भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र युएईका लागि कृष्णप्रसाद ढकाल छन् । 

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरु राष्ट्रपतिबाट राजदूत नियुक्त हुनेछन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १९:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया