बलिउड निर्देशक तथा अभिनेत्री रवीना टण्डनका बुवा रवि टण्डनको शुक्रबार निधन भएको छ ।
उनकाे ८७ वर्षको उमेरमा निधन भएकाे हाे । विगत केही वर्षदेखि उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित थिए ।
रवीना टण्डनले सामाजिक सञ्जालमा बुवाकाे तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘तपाईं सधैं मेरो साथमा हुनु हुनेछ, म तपाईंलाई जान दिने छैन । लभ यु पापा ।’
रविकाे निधनमा अभिनेत्री जुही चावला, चंकी पांडेय, नम्रता शिराेडकर, शिल्पा शेट्टी, साेनु सुदलगायतका स्टारहरूले श्रद्धान्जली व्यक्त गरेका छन् ।
टण्डन सत्तरी र असीकाे दशकमा बलिउडमा सक्रिय थिए । उनले अन्होनी, नजराना, मजबूर, जिंदगी, खेल खेल मेजस्ता चलचित्रकाे निर्देशन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।