‘राममन्दिर’ माग्दै दिल्लीमा प्रदर्शन

नयाँ दिल्ली– राम जन्मस्थल अयोध्यामा विशाल मन्दिर निर्माणको माग गर्दै आएका हिन्दूहरूले आइतबार भारतीय राजधानी नयाँ दिल्लीमा प्रदर्शन गरेका छन् । 

कडा सुरक्षाबीच भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका हिन्दुहरुको सहभागिता थियो । 

केसरी रङको पहिरनमा प्रदर्शनमा सहभागी ‘रामभक्त’हरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माणका लागि अनुमति नदिँदासम्म उनको आवतजावतमा समेत अवरोध गर्ने बताएका छन् । 

हिन्दूहरू अयोध्यालाई भगवान रामको जन्मस्थल मान्छन् । उक्त स्थानमा भगवान रामको मन्दिर भत्काएर ४६० वर्षपहिले मुगल सम्राट बाबरले मस्जिद निर्माण गरेको उनीहरुको दाबी छ । 

अयोध्या सहरमा सन् १९९२ मा बाबरी मस्जिदलाई भत्काएर राम मन्दिर बनाउन लागेको भन्ने विवादका कारण भएका झडपमा दुर्इ हजारभन्दा बढीको मृत्यु भएको थियो । उक्त स्थान भारतीय हिन्दू र अल्पसङ्ख्यक मुसलमानबीच द्वन्द्वको कारण बन्दै आएको छ । 

१९९२ मा अलपत्र बनेको राममन्दिरको निर्माण पूरा गर्नुपर्ने प्रदर्शनकारीको माग छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार २०:१०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया