घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको छ।
भारतले शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ९६ रनको जित निकाल्दै सिरिज ३-० ले आफ्नो पक्षमा पार्याे ।
भारतले एकदिवसीयमा पहिलो पटक वेस्ट इन्डिजविरुद्ध क्लिप स्विप गरेको हो ।
२६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि ओडिन स्मिथले सर्वाधिक ३६, कप्तान निकोलस पुरनले ३४ र अल्जारी जोसेफले २९ रनकाे याेगदान दिए ।
भारतका लागि प्रशिद्ध कृष्णा र मोहम्मद सिराजले तीन-तीन तथा दिपक चाहर र कुलदिप यादवले दुई-दुई विकेट लिए ।
यसअघि अहमदाबादस्थित नरेन्द्र माेदी स्टेडियममा टस जितेर ब्याटिङ राेजेकाे भारतले ५० ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनाएकाे थियाे ।
भारतका श्रेयस अय्यरले सर्वाधिक ८० रनकाे याेगदान दिए । १११ बलकाे सामना गरेका उनले ९ चाैका प्रहार गरे ।
ऋषभ पन्त ५४ बलमा ६ चाैका र १ छक्कासहित ५६ र दिपक चाहरले ३८ रन जाेडे ।
वेस्ट इन्डिजका लागि जेसन हाेल्डरले ४, अल्जारी जाेसेफ र हाइडेन वाल्सले दुई-दुई तथा फावियन एलन र ओडिन स्मिथले एक-एक विकेट हात पारे ।
भारत सिरिजकाे पहिलाे खेलमा ६ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।