आइपिएलको मेगा अक्सन आजबाट

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टि-२० फ्रेन्चाइज क्रिकेटका लागि आजबाट मेगा अक्सन सुरु हुँदैछ । 

बैंग्लोरमा दुई दिनसम्म चल्ने अक्सनमा कुल ५९० खेलाडी रहने छन्, जसमध्ये २२० खेलाडी विदेशी छन् । 

मेगा अक्सनमा नेपालको तर्फबाट एक मात्र खेलाडीका रूपमा कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् ।

अक्सनबाट सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गर्न चाहे न्यूनतम ४० लाख भारु तिर्नुपर्ने हुन्छ ।

नेपालबाट अक्सनका लागि १५ खेलाडीले नाम दर्ता गराएका थिए । तर, अन्तिममा सन्दीप मात्र परेका हुन् ।

यसअघि सन्दीपले दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दा ९ खेलमा १३ विकेट लिएका थिए । एसोसिएट देशबाट ७ खेलाडी रहँदा सन्दीपलाई सर्वाधिक संभावना बोकेका खेलाडीको रूपमा हेरिएको छ ।



दुई नयाँ टोली थपिएको र सन्दीपसँग विश्वका विभिन्न फ्रेन्चाइज लिगको अनुभव पनि भएकाले उनले यो संस्करणको आइपिएल खेल्ने बलियो सम्भावना छ । 

यस पटकको प्रतियोगितामा १० टोलीको सहभागिता रहने छ । यस अघि ८ टोलीले खेल्दै आएका थिए । यस पटक लखनउ सुपर जायन्टस र गुजरात टाइन्टस नयाँ टोलीको रूपमा थपिएका हुन्।  



क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फोले आइपिएलको नयाँ संस्करण मार्च २७ बाट सुरु गर्ने तयारी भएको जनाएको छ । प्रतियोगिता मे अन्तिमसम्म चल्ने बताइएको छ । 
 

  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १२:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया